नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्रिको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ।
काठमाडौंको गौशालामा रहेको आश्रममा समितिले बिहीबार बिहान १० बजे रक्तदान कार्यक्रम राखेको हो।
समितिका अनुसार २ सय जनाभन्दा बढीको उपस्थिति हुने अनुमान छ।
इच्छुक रक्तदाताले ९८५१२०२२६५ नम्बरमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ।
समितिले देशैभर धार्मिक ज्ञान प्रचारप्रसारका अतिरिक्त सामाजिक कार्यहरु पनि गर्दै आएको छ।

प्रतिक्रिया