राजनीति


चीनविरुद्ध एक हुने भारत र जापानको सहमति, भनेः चिनियाँ विस्तारवादी रवैया रोक्नुपर्छ

चीनविरुद्ध एक हुने भारत र जापानको सहमति, भनेः चिनियाँ विस्तारवादी रवैया रोक्नुपर्छ

नेपालखबर
फागुन २६, २०७७ बुधबार ६:२४,

टेलिफोन वार्ताका क्रममा दुवै नेताले खुला इन्डो–प्यासिफिक क्षेत्रको लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सुगा र मोदी दुवैले अमेरिका र अस्ट्रेलियासँग मिलेर चिनियाँ विस्तारवादी रवैयाको विरुद्धमा काम गर्ने सहमति गरेको जापानको विदेशमन्त्रालयले जानकारी दिएको छ।

यसै हप्ताको शुक्रबार अमेरिका, अस्ट्रेलिया, जापान र भारत आवद्ध क्वाड समुहको भिडिओ सम्मेलन हुन अगाडि जापान र भारतबीच वार्ता भएको हो।

सो भिडिओ सम्मेलनमा समेत चीनको खतराको विषयमा चर्चा हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बताएकी छिन्।

मंगलबारको वार्तामा जापानी प्रधानमन्त्रीले दक्षिण चीन सागरमा चिनियाँ विस्तारवादी रवैया, हङकङ र सिनजियाङमा चिनियाँ सरकारले मानवअधिकारको उल्लंघन गरेको विषयमा चिन्ता व्यक्त गरेका थिए।

भारत र जापानले चीनविरुद्ध एक भएर अगाडि बढ्ने विषयमा छलफल गरेपछि यस कार्यले चीन रुष्ट बन्ने निश्चित भएको छ।

जापानी प्रधानमन्त्रीसँगको छलफलपछि भारतीय प्रधानमन्त्री मोदीले ट्विटमा भनेका छन्,‘भारत र जापानबीच विशेष रणनीतिक र वैश्विक साझेदारीको प्रगतिको विषयमा प्रधानमन्त्री योसिहिदे सुगासँग अर्थपूर्ण कुराकानी भएको छ। हामीले समकालीन वैश्विक चुनौतिहरूका बारे विचारहरू साटासाट गरेका छौं र इन्डो–प्यासिफिक क्षेत्रमा सहयोग बढाउन सहमत भएका छौं।’

दुवै देशले सन् २०२२ मा कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ धुमधामसँग मनाउने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad