स्थानीय बजारमा बुधबार पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ।
तोलामा रु ८५ हजार ६ सयमा मंगलबार कारोबार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २ सय मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन मंगलबार तोलामा रु ६५ हजार १५० मा कारोबार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ। रु एक हजार २५५ मा मंगलबार कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २७० मूल्य निर्धारण भएको छ। रासस

प्रतिक्रिया