नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
बुधबार बिहान ११.१५ बजेबाट बैठक सुरु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनले बैठकले समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिइन्।
‘बैठक सुरु भएको छ, समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ’, प्रवक्ता भुसालले नेपालखबरसँग भनिन्।
सर्वोच्च अदालतले नेकपा नामको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिएपछि एमाले र माओवादी पुरानै हैसियतमा फर्केपछि माओवादी केन्द्रको बैठक बसेको हो।
यसअघि मंगलबार पनि स्थायी समिति बैठक बसेको थियो। बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया