समाज


ह्यारी र मेगनको अन्तर्वार्तापछि बकिंघम प्यालेसले भन्योः रंगभेदको दाबीमा गम्भीर छौं

ह्यारी र मेगनको अन्तर्वार्तापछि बकिंघम प्यालेसले भन्योः रंगभेदको दाबीमा गम्भीर छौं

नेपालखबर
फागुन २६, २०७७ बुधबार ५:३३,

अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका जातिय प्रकृतिका प्रसङ्ग निकै ‘चिन्ताजनक’ भएको भन्दै तिनलाई गम्भीरतापूर्वक लिइने बकिंघम राजदरबारले जानकारी दिएको छ।

राजदरबारले महारानी एलिजावेथको भनाइ उदृत गर्दै बयानमा भनेको छ,‘पछिल्ला केही वर्ष ह्यारी र मेगनले चुनौतीपूर्ण समय बिताएको थाहा पाउँदा पुरै शाही परिवार दुखित बनेको छ।’

‘खासगरी दुवैले उठाएका मुद्दामध्ये रंगभेदसँग जोडिएको विषय चिन्ताजनक छ। शाही परिवारले यो विषयलाई गम्भीर रुपमा लिएको छ र निजी रुपमा यो विषयमा छलफल गरिनेछ’ बयानमा भनिएको छ।

ओप्रासँगको अन्तर्वार्तामा मेगनले दरबार भित्रै आफ्नो छोरा चार्ल्सको छालाको रंग कति कालो हुन्छ भनेर चर्चा हुने गरेको खुलासा गरेकी थिइन्।

उक्त टिप्पणी महारानी तथा प्रिन्स फिलिप बाहेकका मानिसले गरेको बताइएको थियो।

ह्यारी र मेगनकाे अन्तर्वार्ताकाे विषयमा धेरै मानिसहरुले प्रतिक्रिया जनाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनकी प्रवक्ताले मेगनले साहसका साथ मानसिक समस्या उठाएको भन्दै उनको प्रशंसा गरेकी छिन्।

यस्तै अमेरिकाकी पूर्व विदेशमन्त्री तथा फर्स्ट लेडी हिलारी क्लिन्टनले पनि सन् २०२१ को महिलाले आफूमाथि भएको अन्यायको विषयमा बोल्न नडराउने भन्दै मेगनको साथ दिएकी छिन्।

बेलायतकै लेबर पार्टीका नेता सर किएर स्टार्मरले मेगनले उठाएको रंगभेद र मानसिक समस्यको विषयलाई गम्भीर रुपमा अनुसन्धान गरिनुपर्ने बताएका छन्।

त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले भने हालसम्म यस विषयमा प्रतिक्रिया जनाएका छैनन्। यद्यपी उनले बेलायती शाही सदस्य तथा महारानी एलिजावेथको आफूले उच्च सम्मान गर्ने बताएका छन्। बीबीसी

यो पनिः श्रीमती र छोरामाथि रंगभेदी टिप्पणी बढेपछि ह्यारी शाही पदवी त्याग्न बाध्य भए

प्रिन्स ह्यारी र मेगनले भनेः छोरा आर्चीले बहिनी उपहार पाउँदैछन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad