राजनीति


जसपा बनेपछि बस्याे संसदीय दलको पहिलाे बैठक, के गर्ला निर्णय?

जसपा बनेपछि बस्याे संसदीय दलको पहिलाे बैठक, के गर्ला निर्णय?

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ८:२१,

जनता समाजवादी पार्टीको संदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेपछि पहिलोपटक दलको बैठक बसेको हो।

पहिलो बैठक भएकाले जसपाले समसामयिक राजनीतिक विषयको समीक्षा, संसदीय दलको विधान पारित गर्ने र दलको नेता चयनका विषयमा पनि छलफल हुने सम्भावना रहेको एक सांसदले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि समाजवादी पार्टी र राजपाबीच २०७७ वैशाख १० गते पार्टी एकता भएको थियो।

एकतापछि जसपा बनेको थियो। जसपाको हाल ३१ सांसद रहेका छन्। एकतापछि ३३ सांसद भएपनि जसपाका हरिनारायण रौनियार र सांसद रेशम चौधरी निलम्बनमा छन्।

आजको दलको बैठकले केपी ओली सरकारमा जाने कि नयाँ कांग्रेस, माओवादी केन्द्र सहितको सरकारमा सहभागी हुने भन्ने बारेमा पनि छलफल गर्ने नेताहरुले बताए।

यो पनि:

सत्ता जोगाउन जसपा फकाउँदै ओली, रेशम चौधरी रिहा गर्ने ‘प्रतिबद्धता’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad