जम्मु र कस्मिरमा अवैध रुपमा बसिरहेका १५० जनालाई भारतले म्यान्मार नै फर्काउने भारतका दुई अधिकारीहरुले सीएनएनसँग बताएका छन्।
पहिचान गोप्य राखिएका उनीहरुले म्यान्मारमा सैन्य शासन लागू भएकै समयमा रोहिन्ज्यालाई स्वदेश फर्काउन लागिएको विषय गोप्य भएको बताएका छन्।
वैधानिक कागजात बिना उनीहरु भारतमा देखिएकाले उनीहरुलाई स्वदेश फर्काउन लागेको बताइएको छ।
म्यान्मारमा रोहिन्ज्यामाथि दमन भएपछि लाखौं रोहिन्ज्याहरु बंगलादेश, भारत लगायतका देशमा भागेर पुगेका थिए।
रोहिन्ज्याले सेना, प्रहरी तथा त्यहाँका बुद्धिस्ट समुदायले आफूमाथि दमन गरेको आरोप लगाउँदै आएका छन्।
हाल म्यान्मारमा सैन्य कू भएको समयमै भारतले रोहिन्ज्यालाई स्वदेश फर्काउन लागेको विषयले थप चिन्ता बढेको छ।
लोकतान्त्रिक नेतृ आङ साङ सूचीलाई अहिले सेनाले हिरासतमा लिएको छ। त्यसबेला रोहिन्ज्याको विषयमा चुप लागेको भन्दै उनको विश्वभरबाट आलोचना भएको थियो।
सैन्य शासकले जनतामाथि दमन गर्न आदेश दिएपछि केही आदेश पालना गर्न असमर्थ भएका प्रहरी हालै भारत भागेर पुगेका छन्।
म्यान्मारका सेनाले उनीहरुलाई भारतले जिम्मा लगाउनुपर्ने बताइरहँदा भारत यो विषयमा भने चुप बसेको छ।

प्रतिक्रिया