राजनीति


नयाँ परिस्थितिबारे माधव नेपाल पक्षका पूर्वएमाले नेताहरुले गरे यस्तो समीक्षा

नयाँ परिस्थितिबारे माधव नेपाल पक्षका पूर्वएमाले नेताहरुले गरे यस्तो समीक्षा

नेपालखबर
फागुन २४, २०७७ सोमबार १०:२,

सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य रहेका नेपाल पक्षका नेताहरु सोमबार दिउँसो बसेको बैठकले नयाँ परिस्थितिमा अब कसरी अगाडि बढ्ने भन्नेबारे अनौपचारिक छलफल गरेका हुन्।

‘अदालतको फैसला आएपछिको परिस्थितिबारेमा वृहत्तर विषयमा समग्र परिस्थितिबारे छलफल गरेका हौं, कुनै एउटा खास विषय वा एजेन्डाकेन्द्रित छलफल होइन,’ स्थायी समिति सदस्य घनश्याम भुसालले नेपालखबरसँग भने।

उनले तत्कालीन नेकपा–एमाले र माओवादी केन्द्रबीच एकता गर्दा जनताबाट जुन असाधारण विश्वास व्यक्त भएको थियो, त्यसपछि कहाँनेर चुकियो र यो एकता भत्किन गयो भन्नेबारे समग्र समीक्षा गरिएको बताए।

‘आन्तरिक लोकतन्त्र कसरी कमजोर भयो, त्यसमा को जिम्मेवार थियो, जनताले जसरी मत दिएका थिए त्यसप्रति हाम्रो दायित्व के हो, त्यो मतको महत्व के हो? भन्ने जस्ता आधारभूत विषयमा हामीले समीक्षा गर्‍यौं,’ उनले भने, ‘तर, कुनै विशेष निष्कर्ष वा निर्णय गरिएको छैन।’

उनीहरुले अब कसरी जाने भन्नेबारे थप छलफल गर्दै जाने बताएका छन्।

माधवकुमार नेपाल पक्षका झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, राजेन्द्र पाण्डे, रघुजी पन्त, वेदुराम भुसाल लगायत नेकपाको स्थायी समिति सदस्य थिए।

नयाँ परिस्थितिबारे छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालपक्षका स्थायी समिति सदस्यहरुको बैठक बस्नुअघि नेपाल पक्षका नेताहरुको छुट्टै छलफल गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad