राजनीति


प्रधानमन्त्री कुन पार्टीको भनेर प्रश्न सोध्ने भीम रावललाई ओलीले दिए यस्तो जवाफ

प्रधानमन्त्री कुन पार्टीको भनेर प्रश्न सोध्ने भीम रावललाई ओलीले दिए यस्तो जवाफ

नेपालखबर
फागुन २४, २०७७ सोमबार ८:३७,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्न भनेका छन्।

आइतबारबाट सुरु भएको पुनर्स्थापित संसदको पहिलो बैठकमा सांसद भीम रावलले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधेका थिए।

‘अब हुँदा–हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाऊँ भन्नुभयो, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो रे!’, ओलीले भने।

ओलीले आफूलाई सोध्ने मानिसलाई तपाईं कुन पार्टीको सोध्ने अवस्था आउने बताए।

उनले अदालतको फैसलामा आफू कुन पार्टीको भनेर अदालतले स्पष्ट पारेको बताएका थिए। नेकपाको नामको विषयमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण पूर्वको अवस्थामा पुर्‍याएको थियो।

त्यसैगरी उनले संसद विघटन गरेर चुनाव गराउने आफ्नो निर्णयको पनि बचाउ गरेका छन्।

‘यतिखेर चुनावमा देश जान्थ्यो । चुनावपछि राम्रो सरकार बन्थ्यो त्यसलाई लडाई गरेर, मुद्दा हालेर रोके। संसद् पुनःस्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन रहेछ’, ओलीले भने।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्दै वैशाखमा दुई चरणको चुनाव घोषणा गरेका थिए।

प्रधानमन्त्रीको विघटनको फैसलालाई फागुन ११ गते बदर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad