ad ad

राजनीति


ओली समूह छाडेर सांसद शर्मा प्रचण्ड–नेपाल पक्षमा

ओली समूह छाडेर सांसद शर्मा प्रचण्ड–नेपाल पक्षमा

नेपालखबर
फागुन २३, २०७७ आइतबार ६:४५,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाकी सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल समूहमा लागेकी छन्।

संसद बैठक सुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले बताए।

‘सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल समूहमा खुल्नुभएको छ’, महराले नेपालखबरसँग भने।

उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलनिकट थिइन्। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको र पार्टी हित विपरीत कार्य गरेका कारण आफूले उक्त समूह छाडेको उनले प्रतिक्रिया दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आजबाट संसदको सातौँ अधिवेशन सुरु हुँदैछ।

संसद अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्ने र नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी रहेको हुँदा तटस्थ अवस्थामा रहेका सांसदहरु को कता लाग्छन् भन्ने निकै महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .