ad ad

राजनीति


आज संसद् बैठकमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने त्रासमा प्रधानमन्त्री ओली

आज संसद् बैठकमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने त्रासमा प्रधानमन्त्री ओली

नेपालखबर
फागुन २३, २०७७ आइतबार २:३४,

पुर्स्थापनापछि आज पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्दै छ। 

सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि खासगरी नेकपाकै प्रचण्ड–नेपाल पक्षले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने अन्यथा अविश्वास प्रस्ताव दर्ता गर्ने चेतावनी दिइरहेको छ।

यस विषयमा नेपाली कांग्रेसले पनि छलफल गरिरहेको त छ, तर कुनै निर्णय गरिसकेको छैन।

यसबीच प्रतिनिधि सभाको सातौं अधिवेशन बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न ४ बजे सुरु हुँदै छ। आजैको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस गरिएला/नगरिएला,  यो खबर लेख्दासम्म निश्चित भइसकेको छैन।

तर प्रधानमन्त्री ओली पक्षले भने अविश्वास प्रस्ताव आउन सक्ने सम्भावना औंल्याउँदै  त्यसलाई असफल पार्ने रणनीति बनाएको छ।

आफूलाई प्रचण्ड–नेपाल पक्षले दलको नेताबाट हटाएको निर्णय गरेको भोलिपल्ट शनिबार (हिजो) प्रधानमन्त्री निवास (बालुवाटार) मा ओली समूहले राखेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने बताएका हुन्।

याे पनि :  सरकारकै मुखपत्रको प्रथम पृष्ठमा प्रचण्ड संसदीय दलको नेतामा चुनिएको खबर छापिएपछि ओली आश्चर्यचकित !

ओलीपक्षीय एक सांसदका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओलीले ‘भ्रममा परेर’ प्रचण्ड–नेपाल पक्षमा लागेका सांसद पनि आफैंतिर आउने र आफ्ना पक्षमा बहुमत पुग्ने दाबी गरेका हुन्।

बैठकमा कतिपय सांसदले प्रधानमन्त्री ओलीले नै विश्वासको मत लिनुपर्ने सुझाव दिए पनि उनले विश्वासको मत नलिने, अविश्वासकै प्रस्ताव सामान गर्ने अडान लिएका हुन्।

ओली समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिने, विश्वासको मत पनि नलिने, अविश्वासको प्रस्ताव नै ‘फेस’ गरेर जाने निर्णय गरेको छ।

शनिबार संसदीय दलको बैठकमा १ सय १५ सांसद उपस्थित भएको दाबी ओली समूहले गरेको छ। उता प्रचण्ड–नेपाल पक्षले पनि यसअघि शुक्रबार आफूले राखेको संसदीय दलको बैठकमा बहुमत सदस्य सहभागी भएको दाबी गरिरहेको छ।

याे पनि : पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज, के–के छन् कार्यक्रम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .