ad ad

राजनीति


सरकारकै मुखपत्रको प्रथम पृष्ठमा प्रचण्ड संसदीय दलको नेतामा चुनिएको खबर छापिएपछि ओली आश्चर्यचकित !

सरकारकै मुखपत्रको प्रथम पृष्ठमा प्रचण्ड संसदीय दलको नेतामा चुनिएको खबर  छापिएपछि ओली आश्चर्यचकित !

नेपालखबर
फागुन २३, २०७७ आइतबार ०:५४,

सरकारकै अंग्रेजी मुखपत्र ‘द राइजिङ नेपाल’ले सरकारविरोधी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएको समाचार त्यो पनि पहिलो पृष्ठमा छापेपछि प्रधानमन्त्री केपी शर्मा ओली आश्चर्यमा परेका छन्।

प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक राखेर दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएको भोलिपल्ट हिजो शनिबार ओली समूहले आफ्नो पक्षको संसदीय दलको बैठक बसेको थियो।

याे पनि : प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको संसदीय दलको बैठकमा नेकपा ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राइजिङ नेपालको पहिलो पृष्ठमा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा प्रचण्ड चुनिएको समाचार प्रकाशन गरेको देखेपछि असन्तुष्टि जनाएका हुन्।

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले ‘आज राइजिङ नेपालको फ्रन्ट पेजमा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा प्रचण्ड चुनिएको समाचार देख्दा मलाई आश्चर्य लाग्यो’ भनेका हुन्।

‘हुनै नसक्ने भ्रामक कुरा कसरी राइजिङ नेपालको फ्रन्ट पेजमा छापियो,’ प्रधानमन्त्री ओलीले भनेका थिए।

risingnejpal

यो खबर सरकारको नेपाली मुखपत्र ‘गोरखापत्र’ले पनि दोस्रो पृष्ठमा छापेको छ।

prachanda risingnepal11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .