राजनीति


सबै लक्षित समुदायमा कोरोना खोप पुर्‍याउछौँ : अर्थमन्त्री पौडेल

सबै लक्षित समुदायमा कोरोना खोप पुर्‍याउछौँ : अर्थमन्त्री पौडेल

नेपालखबर
फागुन २२, २०७७ शनिबार १०:३,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन्।

शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकिकन अगाडि बढाउने बताएका हुन्। सबै लक्षित समुदायमा खोप पुर्‍याउने उनको भनाइ छ।

‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकिकनै अगाडि बढाउँछौँ, सबै लक्षित समुदायमा भ्याक्सिन पुर्‍याउछौँ’, उनले भने, ‘सबैलाई हामी क्रमशः त्यसको प्राथमिकताका आधारमा भ्याक्सिन उपलब्ध गराउछौँ।’

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर पनि गरे।

‘सरकारले खासगरी आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा पनि विकासका, निर्माणका, समृद्धिका अभियानलाई अगाडी बढाउने सन्दर्भमा पनि नीजि क्षेत्रको बैंक, वित्तीय संस्थाहरुको मनोबललाई उठाएर अगाडि बढाउने सन्दर्भमा पनि महत्वपूर्ण कामहरु गरेको छ’, उनले भने।

अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए।

‘विद्युतको डिमान्ड शुल्कबारे उत्पादनमुलक उद्योगहरुका लागि डिमान्ड शुल्क छुट दिने निर्णय गर्‍यौँ। पछि होटल टुरिजम सेक्टरको पनि डिमान्ड शुल्क छुट पाउने निर्णय गरेको छौँ’, उनले भने।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए। समस्या समाधानको लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad