राजनीति


बेनोज स्मृति दिवसको अवसरमा १ लाख ४५ हजार बराबरको शैक्षिक सामग्री वितरण

बेनोज स्मृति दिवसको अवसरमा १ लाख ४५ हजार बराबरको शैक्षिक सामग्री वितरण

नेपालखबर
फागुन २२, २०७७ शनिबार ९:५०,

सहिद सप्ताह तथा बेनोज अधिकारी स्मृति दिवसको अवसरमा सहिद स्मृति आवासीय मावि पोखरामा शैक्षिक सामग्री वितरण गरिएको छ।

बार्दली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा सहिद, बेपत्ता स्मृति स्पोटर्स स्कुलले विद्याथीहरुलाई कलम, कपी, भलिबल। फुटबल , बास्केटबल, ब्याडडमेन्टन लगायतका १ लाख ४५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको  स्कुलका अध्यक्ष क्षितिज सापकोटाले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी नेतृ पञ्जा सिंहले देश र जनताका लागि प्राणको आहुति गर्ने सहिदका सन्ततीहरुलाई राज्यले नहेरेको बताइन्।

उनले यसबारे आफूहरुले मन्त्रालयमा कुरा उठाए पनि आफ्नो समूहका मन्त्रीहरुले राजीनामा दिएका कारण प्रक्रिया अगाडि नबढेको बताइन्। उनले यस विषयमा नेकपा अध्यक्ष प्रचण्डसँग कुरा भइरहेको बताउँदै सहिद, बेपत्ता परिवार तथा आम गरिवका छोराछोरीले निःशुल्क पठन पाउने व्यवस्था गर्ने दावी गरिन।

‘छिट्टै जनयुद्ध विश्वोविद्यालय बन्छ र जनयुद्धका सहिद, घाइते, अपांगका सन्तानका साथमा गरिब असहायका सन्ततिले पनि निःशुल्क पढ्न पाउने कुराको सुनिच्चता हामी गछौँ’, उनले भनिन्।

नेतृ तेजकुमारी पौडेलले विद्यालयलाई थप व्यवस्थित र उदाहरणीय बनाउनु पर्नेमा जोड दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad