ad ad

राजनीति


कांग्रेसका प्रवक्ता शर्माको प्रश्न : सरकार–विप्लव सहमतिपत्रमा गम्भीर प्रश्नको जवाफ खोइ?

कांग्रेसका प्रवक्ता शर्माको प्रश्न : सरकार–विप्लव सहमतिपत्रमा गम्भीर प्रश्नको जवाफ खोइ?

नेपालखबर
फागुन २२, २०७७ शनिबार १:३६,

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हतियार बुझाउन बुँदा नभएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रश्न उठाएका छन्।

दुई पक्षबीच बिहीबार बिहान भएको तीनबुँदे सहमतिमा शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले र विद्राही नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन्।

जसमा विप्लव नेकपाले प्रयोग गरिरहेको हतियार बुझाउने चौथो बुँदा नभएकाले सिंगो देशले यो गम्भीर प्रश्नको जवाफ खोजिरहेको कांग्रेसका प्रवक्ता शर्माले बताएका हुन्।

‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै,’ आश्चर्य व्यक्त गर्दै शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!’

याे पनि : विप्लवले कार्यकर्ता छुटेपछि मात्रै हतियार बुझाउने गोप्य सहमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .