नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीन बुँदे सहमतिमा आफ्नाे पार्टी प्रतिवद्ध रहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्।
तीन बुँदेमा नेकपा प्रतिबद्ध र, यसलाई हामी पालना गर्छौँ’, उनले भने, ‘कोहीबाट पनि आशंका या विभिन्न ढंगले यसलाई उत्तेजनात्मक बनाउन र कुतर्क गर्न जरुरी छैन।’
उनले समाज रुपान्तरणको प्रक्रियामा अगाडि बढे पनि पूर्ण नभएको बताए।

प्रतिक्रिया