राजनीति


२ वर्षदेखि भूमिगत विप्लव आज सार्वजनिक हुँदै, काठमाडौंमा प्रधानमन्त्री ओलीसँगै भाषण गर्दै

२ वर्षदेखि भूमिगत विप्लव आज सार्वजनिक हुँदै, काठमाडौंमा प्रधानमन्त्री ओलीसँगै भाषण गर्दै

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ०:५१,

दुई वर्षदेखि पूर्णतः भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रबार) सार्वजनिक हुँदै छन्।

सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि २०७५ फागुन २८ देखि विप्लवसहित नेकपाका सबै नेता तथा कार्यकर्ता पूर्ण रूपमा भूमिगत भएका थिए।

सरकारसँग भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने भएका हुन्।

बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ। योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ।

विस्तृत विवरण : 

तीन वर्षपछि सार्वजनिक हुँदै विप्लव, ‘एकीकृत जनक्रान्ति’ मा के के भयो, कतिको गयो ज्यान?

सरकारले हटायो विप्लव समूहमाथिको प्रतिबन्ध, मन्त्रिपरिषदद्वारा तीनबुँदे सहमति अनुमोदन

जिल्ला प्रशासनमा मुद्दा चलेका विप्लवका सबै नेता आज छाडिने

आज छुट्दै विप्लवका दाजु, कहाँ छन् पक्राउ परेका ७ केन्द्रीय नेता?

विप्लवलाई ओलीले राखे महासचिव बन्ने प्रस्ताव, पार्टी एकतासम्मको तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad