राजनीति


प्रमुख सल्लाहकार रिमालको टिप्पणी : प्रधानमन्त्रीले शिलान्यास–उद्घाटन गर्दा कसै कसैलाई किन ऐँठन हुन्छ !

प्रमुख सल्लाहकार रिमालको टिप्पणी : प्रधानमन्त्रीले शिलान्यास–उद्घाटन गर्दा कसै कसैलाई किन ऐँठन हुन्छ !

नेपालखबर
फागुन २०, २०७७ बिहिबार २३:४७,

प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ (शाब्दिक) हानेका छन्।

केही समययता प्रधानमन्त्री ओली विभिन्न आयोजना/परियोजना शिलान्यास एवं उद्घाटनका लागि देशभर दौडधुप गरिरहेका छन्। यस विषयमा कतिपयले टिप्पणी तथा व्यंग्य गरिरहेका छन्। 

यसैप्रति प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्।

उनले लेखेका छन्, ‘प्रम केपी शर्मा ओलीले नयाँ आयोजनाको शिलान्यास र सम्पन्न ठूला परियोजनाको उद्घाटन गर्दा कसै कसैलाई किन ऐँठन महसुस हुन्छ? बुझ्न सकिएन !’

याे पनि :  प्रधानमन्त्री ओलीलाई लेखक संग्रौलाको व्यंग्य : मेरो टोलमा सार्वजनिक शौचालय उद्घाटनको प्रतीक्षामा छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad