सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको वार्ता र सहमतिप्रति प्रहरीको ‘इन्काउन्टर’ मा मारिएका त्यस पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलकी दिदी लक्ष्मी पौडेलले तीव्र असन्तुष्टि प्रकट गरेकी छन्।
दुई पक्ष सहमतिको अन्तिम चरणमा पुगेको खबर सार्वजनिक भइरहँदा कुमारकी दिदी लक्ष्मीले बुधबार बेलुकै वार्तामा आफ्ना भाइको विषय नै नराखिएको भनेर गुनासो पोखेकी हुन्।
यद्यपि सहमतिमा के के विषय छन् भनेर सार्वजनिक हुन बाँकी नै छ। आज बिहान सरकार–विप्लव नेकपाले संयुक्त विज्ञप्ति जारी गरी तीनबुँदे सहमति भएको र यसको विस्तृत विवरण भोलि शुक्रबार विशेष समारोह गरी सार्वजनिक गरिने जानकारी दिएका छन्।
त्यसअघि बुधबार राति कुमारकी दिदी लक्ष्मीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज वार्ताको टेबुलमा बस्दा तिम्रो न्यायका लागि कुनै सर्त त्यहाँ राखिएको छैन। तिम्रा सुकुम्बासी जनताका जायज माग पनि राखिएका छैनन्। थियो भने कतै तिम्रो नाम देखिन्थ्यो।’
‘तिम्रो न्यायमाथि घात भयो भने घात गर्नेहरूसँग लड्ने साहस पनि राख्न सक्ने आँट छ हामीसँग,’ चेतावनी दिँदै उनले अगाडि लेखेकी छन्, ‘हाम्रो एक थोपा रगत र एक मुठी प्राण भएसम्म तिम्रो न्याय र तिम्रो अधुरो सपना पूरा गर्न अठोट लिएर हिँडिरहेछौँ। फेरि तिमीजस्तै मर्नु परे पनि हामी पछि हट्ने छैनौं।’
हेर्नुहोस्, कुमार पौडेलकी दिदी लक्ष्मी पौडेलले लेखेको पूरा स्टाटस :

याे पनि :
सर्लाहीको लखनदेही खोलाछेउ प्रहरी र विप्लवका कार्यकर्ताबीच मुठभेड, जिल्ला इन्चार्ज मारिए
कुमार पौडेल ‘इन्काउन्टर’मा नयाँ ट्विस्टः पैतालामा कसरी लाग्यो गोली?
कुमार पौडेलको ‘फेक इन्काउन्टर’ : महानिरीक्षक खनाल विरुद्धसमेत किटानी

प्रतिक्रिया