राजनीति


पुनर्स्थापनापछिको पहिलो संसद् अधिवेशनमा प्रस्तुत गर्ने धारणा बनाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

पुनर्स्थापनापछिको पहिलो संसद् अधिवेशनमा प्रस्तुत गर्ने धारणा बनाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ३:५३,

पुनर्स्थापनापछिको पहिलो संसद् अधिवेशनमा प्रस्तुत गर्ने धारणा बनाउन आज (बिहीबार) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताबीच छलफल गर्न लागेका हुन्।

पदाधिकारी बैठकले संसद् अधिवेशनमा प्रस्तुत गर्ने पार्टीको धारणा तय गर्ने कांग्रेस नेताहरूले बताएका छन्।

यसपछि शुक्रबार संसदीय दलको तथा शनिबार केन्द्रीय समितिको बैठक राख्ने कांग्रेसको तयारी छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिइन्। वैशाख १७ र २७ का लागि मध्यावधि चुनावसमेत तोकेकी थिइन्।

तर त्यसविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले यही फागुन ११ गते संसद् विघटन बदर गर्दै पुनर्स्थापनाको फैसला गरेको हो। साथै यसको १३ दिनपछि संसद् बैठक राख्न आदेश दिएको थियो। सोहीबमोजिम यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad