ad ad

राजनीति


कमल थापाको प्रस्ताव : राजादेखि विप्लवसम्म सबैको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गरौँ

कमल थापाको प्रस्ताव : राजादेखि विप्लवसम्म सबैको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गरौँ

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १०:१९,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म सबैको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव गरेका छन्।

सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताको लागि समिति गठन गरेसँगै अध्यक्ष थापाले सामाजिक सञ्जालबाट यस्तो प्रस्ताव गरेका हुन्।

उनले विप्लव समुहसँग वार्ता हुनु सकारात्मक भएको बताएका छन्। उनले कसैलार्य निषेध नगरी देश र जनताको पक्षमा काम गर्ने भए सिबैलाई समेटेर सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव गरेका हुन्।

‘नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो। यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ’, मंगलबार दिउँसो ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .