ad ad

राजनीति


दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने : धेरै गाली ‘ब्राण्ड’ बन्दोरै’छ

दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने : धेरै गाली ‘ब्राण्ड’ बन्दोरै’छ

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १०:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गरेका छन्।

मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली प्रसाईंको प्रशंसा गरेका हुन्।

उनले आफूहरु देश बनाउने बाटोमा हिँडिरहेको भन्दै आलोचना गर्नेहरुलाई पनि धन्यवाद दिन चाहेको बताए।

प्रसाईंलाई कतिपयले ‘मेडिकल माफिया’ र ‘मार्सी’ जस्ता शब्दले आलोचना गर्ने गर्छन्। जुन उनको ब्राण्ड बनेको प्रधानमन्त्रीले उल्लेख गरे।

‘हामीलाई बाटो बिराउनु छैन। हामी देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्यमा हिँडेका छौँ।’ प्रधानमन्त्री ओलीले भने, ‘अघि दुर्गां प्रसाईंजीले भनेजस्तै कतिपयले काम गरिरहँदासमेत आलोचना गर्छन्। तर, त्यो आलोचना आलोचना हुँदैन। आशिर्वाद हुन्छ र ब्राण्ड बन्छ। जसरी दुर्गा प्रसाईंजीलाई बनेको छ।’

प्रधानमन्त्री ओलीले विवादका बावजुद प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका थिए।

प्रसाईंले नेकपा एकता प्रक्रियाका क्रममा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए भने नियम विपरित आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन नेताहरुलाई प्रभावमा पारेको भन्दै आलोचित बनेका थिए।

प्रधानमन्त्री ओलीले प्रसाईंको थप प्रसंसा गर्दै उनले विर्तामोडमा बनाउन लागेको शिव मन्दिर छिटो बनाउन आग्रह गर्दै आफू शिलान्यास गर्न र उद्घाटन गर्न पनि आउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .