राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकता समायोजनका बाँकी काम ७ दिनभित्र टुंग्याउने गरी जिम्मेवारी दिएको छ।
सोमबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले समायोजन गर्न बाँकी रहेका केही जिल्लाहरुको ७ दिन भित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्रा सम्मिलित ४ सदस्यीय समिति गठन गरेको हो।
आज सम्पन्न बैठकले पार्टीको आगामी २०७८ वैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समितिसम्बन्धी निर्देशिका’ पारित गरेको पार्टीले जनाएको छ।
जस अन्तर्गतः जिल्ला निर्वाचन समितिको गठन यही फागुन २५ भित्र गरिसक्ने। सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ सम्म म्याद थप गर्ने। वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्त सम्ममा गरिसक्ने र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन २०७८ वैशाख १० भित्र सम्पन्न गर्ने सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया