राष्ट्रिय सभाकी सदस्य कोमल वलीविरुद्ध नेकपाका नेता रघुजी पन्तले गरेको अभद्र टिप्पणीको व्यापक विरोध भइरहेको छ।
यसै क्रममा नायिका करिश्मा मानन्धरले पनि नेता पन्तको अभिव्यक्तिविरुद्ध कडा आलोचना गर्दै सुझावसमेत दिएकी छन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकि समाजले यो सुन्नुपर्दा लज्जा महसुस नहोस्।’
हेर्नुहोस्, करिश्माले सोमबार लेखेको स्टाटस :

प्रचण्ड–नेपाल पक्षका नेता पन्तले एक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा कसैलाई ‘पिँडुला देखाएर पोइला जान पाम्’ भनेकै भरमा सांसद बनाइदिएको कुनै महिलाले भने पार्टीमै कपाल फुलाउँदा पनि कुनै पद नपाएको भनेर भाषण गरेका थिए।
यद्यपि उनले आफू महिलाप्रति सम्मान गर्ने व्यक्ति भएको तर बोल्ने क्रममा जिब्रो चिप्लिएको भन्दै सार्वजनिक रूपमा ‘सरी’ भनिसकेका छन्।

प्रतिक्रिया