प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भए पनि मिति भने तोकिएको छैन।
बैठकले पार्टीको आधिकारिकताको लागि आफुहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए।
‘निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि अनुरोध गरेका छौँ’, प्रवक्ता श्रेष्ठले भने।
प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै उनले सो निर्णय मान्य नहुने बताए।

प्रतिक्रिया