राजनीति


संसद् बैठक फागुन* २३ गते अपराह्न ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस

संसद् बैठक फागुन* २३ गते अपराह्न ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस

नेपालखबर
फागुन १७, २०७७ सोमबार ४:४२,

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि आजको बैठकले औपचारिक निर्णय गरेको हो।

*यसअघि भूलवश चैत लेखिएकाले शीर्षक सच्याइएको। –सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad