राजनीति


‘हाल कांग्रेस तटस्थ बस्छ’

‘हाल कांग्रेस तटस्थ बस्छ’

नेपालखबर
फागुन १६, २०७७ आइतबार १५:५९,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसको भूमिका अहिले कुनै गठबन्धनमा जाने वा गुट विशेषलाई सहयोग गर्ने खालको हुन नसक्ने बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक भएको वा टुक्रिएको स्पष्ट नहुँदासम्म कांग्रेसको भूमिका तटस्थ रहने स्पष्ट पारे।

कांग्रेसले गर्ने कुनै पनि निर्णय मुलुकको संविधान, प्रजातन्त्र र राष्ट्रिय हितलाई सर्वोपरी राखेर गरिने भएको हुनाले त्यही आधारलाई मानेर अघि बढ्ने उनले उल्लेख गरे।

‘निर्वाचन आयोगले प्रारम्भदेखि नै दलहरूको विभाजनसम्बन्धी प्रक्रियामा आफ्नो जुन दायित्व छ, त्यो दायित्व अहिले पनि पूरा गर्न सकेको जस्तो देखिँदैन’, केन्द्रीय सदस्य साउँदले भने, ‘यदि निर्वाचन आयोगले समयमा आफ्नो दायित्व पूरा गर्न सकेन भने अदालतको निर्णयलाई कार्यान्वयन गर्ने कुरा अत्यन्त चुनौतीपूर्ण हुन्छ र अदालतको निर्णय कार्यान्वयन हुन सक्दैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad