म्यान्मारमा सैन्य शासनविरुद्ध आइतबार गरिएको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा १८ प्रदर्शनकारीको मृत्यु भएको छ।
बीबीसीका अनुसार संयुक्त राष्ट्र संघ मानव अधिकार कार्यालयले सैन्य कुविरुद्ध प्रदर्शनको सबैभन्दा घातक दिन भनेको छ।
म्यान्मारका यङ्गुन, दबेई, मन्डालेजस्ता कैयौं सरहमा मानिस मारिएको खबर आइरहेका छन्। जहाँ प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेका छन्।
यही फेब्रुअरी १ मा म्यान्मारमा आङ सान सुकी, प्रधानमन्त्री, मन्त्रीलगायत सबै लोकतान्त्रिक नेतालाई नजरबन्दमा राखेर सैनिकले शासन सत्ता हत्याएको हो।
त्यसविरुद्ध त्यहाँ जारी विरोध प्रदर्शनमा सुरक्षाकर्मीले हिजो शनिबारदेखि हिंस्रक दमन गरिरहेको छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओ फुटेजमा प्रहरीले बल प्रयोग गरेको र प्रदर्शनकारी भागेको देखिन्छ। सडकमा रगत लतपतिएको देखिन्छ।
Shares

प्रतिक्रिया