संसद् पुनर्स्थापनापछि सत्ता साझेदारीको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसले आज (बिहीबार) पदाधिकारी बैठक राख्दै छ।
सभापति शेरबहादुर देउवा निवास (बूढानीलकण्ठ) मा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको रणनीतिबारे छलफल गरिने नेताहरूले बताएका छन्।
नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देउव भेट्न बुधबार उनको निवासमै पुगेका थिए।
त्यस क्रममा देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भन्ने हल्ला चले पनि प्रचण्ड र नेपालले त्यस्तो कुरा नगरिएको दाबी गरेका छन्।
याे पनि : सांसदहरुसँग प्रचण्ड–नेपालको प्रस्टीकरण : देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको छैन
3
Shares
प्रतिक्रिया