राजनीति


ओलीले प्रधानमन्त्री पद छाड्दा राम्रो : देउवा

ओलीले प्रधानमन्त्री पद छाड्दा राम्रो : देउवा

नेपालखबर
फागुन १२, २०७७ बुधबार १३:११,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन्।

बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताए।

तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दवाव नदिने बताए। सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए। अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको बताए।

उनले भने, ‘नेपालमा न्यायको जित भएको छ। प्रजातन्त्रको जित भएको छ। अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको छ। मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडी की त आफ्नो बहुमत पुर्‍याउनुपर्‍यो संसदमा, होइन भने छोड्दा राम्रो हुन्छ। तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन। उहाँहरुको पार्टीको कुरा हो।’

सभापति देउवाले नेपाली कांग्रेसप्रति आर्कषण बढेको पनि बताए। कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताए।

उनले भने, ‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए भोट दिएनन्। अहिले कांग्रेस चाहियो भन्नुपरेको छ। कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ। कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु।’

प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढिकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बताए। उनले कसैले पनि कुनै पनि बाहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad