समाज


केटु हिमाल आरोही टोलीलाई सेनाको सम्मान

केटु हिमाल आरोही टोलीलाई सेनाको सम्मान

नेपालखबर
फागुन १२, २०७७ बुधबार १२:५५,

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहकाबीच कदरपत्र प्रदान गरी आरोहीहरुको सम्मान गरेका हुन्।

गत माघ ०३ गते (तदनुसार जनवरी १६, २०२१) का दिन विश्वको दोस्रो अग्लो हिमाल केटु (८६११ मिटर) को विन्टर सिजनमा प्रथम पटक सफल आरोहण गरी नेपाली टोलीले विश्व किर्तिमान राख्न सफल भएको थियो।

राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रममा ८००० मिटरभन्दा अग्ला १४ हिमालहरु मध्ये जाडो मौसममा सफल आरोहण नगरिएको ८,६११ मिटर अग्लो केटु हिमाल सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो।

उक्त अवसरमा आरोहण दलका टिम लिडर निर्मल पुर्जा मगरबाट आरोहणको दौरान मृत्युलाई चुनौती दिँदै केटु शिखरमा नेपाल र नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गान गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफूहरु सफल भएको अनुभव सुनाएका थिए।

बेलायती सेनाको स्पेसल फोर्सबाट सेवा निवृत्त पुर्जा मगरले टिमको निर्माण गरी सामुहिक भावना तथा आफ्नो देश एवं शेर्पा समुदायको नाम राख्‍न केही गरौं भन्‍ने चाहनाले गर्दा आरोहणको ईतिहासमै खतरनाक मानिएको हिमाल (सेभेज माउन्टेन) आरोहण गर्न सफल भएको बताएका थिए।

विदेशमा सेवा गर्दा मातृभुमिको माया एवं कर्तव्यबोध अझ बढी हुने आफ्नो अनुभव समेत साटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad