राजनीति


प्रधानमन्त्रीको राजीनामाबारे परामर्श जारी छ, मुलुकलाई अन्यौलमा राख्दैनौँ : ज्ञवाली

प्रधानमन्त्रीको राजीनामाबारे परामर्श जारी छ, मुलुकलाई अन्यौलमा राख्दैनौँ : ज्ञवाली

नेपालखबर
फागुन १२, २०७७ बुधबार ८:५०,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे दलहरुसँग परामर्श भइरहेको बताएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले मुलुकलाई अन्यौलमा नराख्ने बताए हुन।

‘प्रधानमन्त्री निकास दिनुहुन्छ, राजीनामाबारे दलहरुसँग परामर्शमा छौँ, प्रवक्ता ज्ञवालीले भने, ‘मुलुकलाई अन्यौलमा राख्नुहुँदैन भन्नेमा हामी छौँ।’

स्थायी समितको बैठकले सर्वोच्चको फैसला र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको उनले बताए। सरकारले अदालतले तोकेको मिति भित्रै प्रतिनिधि सभा बैठकको आह्वान गर्ने उनले बताए।

उनले सर्वोच्चको फैसला अनेपक्षित भए पनि त्यसको सम्मान र कार्यान्वय गर्ने बताए। उनले फैसलाले अस्थिरता र असैद्धान्तिक गठबन्धनको निर्माण हुने हुन कि भन्ने चिन्ता बढाएको बताए।

‘सर्वोच्च अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्छौँ’, प्रवक्ता ज्ञवालीले भने, ‘तर, यसपछि मुलकमा अस्थिरतातर्फ जान्छ कि भन्ने चिन्ता छ।’

उनले प्रतिनिधि सभा पुनर्स्थापान भए पनि नेकपा संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री ओलीले बोलाउने बैठक नै आधिकारिक हुने दावी गरे।

‘संसदीय दलको नेता र उप नेताको हैसियताले उहाँहरु (ओली, नेम्वाङ)ले बोलाउने बैठक नै आधिकारिक हुन्छ’, उनले भने।

उनले नेपाली कांग्रेससँग सत्ता समीकरणबारे छलफल भइरहेको जानकारी दिए। ‘कांग्रेससँग सत्ता समीकरणबारे छलफल भइरहेको छ’, उनले भने।

उनले आफूहरु अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताउँदै अहिलेसम्म कसैलाई कारबाही नगरिएको बताए। उनले प्रचण्ड–माधव समूहसँग आफूहरुका गम्भीर मतभेद रहे पनि नयाँ ढंगले छलफल अगाडि बढ्ने बताए।

‘हामी पार्टी एकताको पक्षमा सदैब रह्यौ। त्यसकारण कसैलाई पनि कारबाही गरेका छैनौँ’, उनले भने, ‘अब नयाँ ढंगले छलफल अघि बढ्न सक्छ।’

उनले छिट्टै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad