खेल


रुपन्देही सुपरलिग : बुद्ध ८ विकेटले विजयी

रुपन्देही सुपरलिग : बुद्ध ८ विकेटले विजयी

प्रकाश न्यौपाने
फागुन १२, २०७७ बुधबार ८:४७,

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल राइनोजलाई ८ विकेटले पराजित गरेको छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवलले निर्धारित ४६ ओभरको खेलमा ३१.२ ओभरमा अलआउट हुँदै ९४ रन मात्रै बनाउन सक्यो। उसका लागि अरविन सारुले १८, आषिस लोहनी र ईश्वर खनालले १४-१४ रन बनाए। बलिङमा बुद्धका रुपेश कुर्मीले ४, विपिन खत्री र अमित अग्रहरीले २-२ तथा रिजन पराजु र अजय त्रिपाठीले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको बुद्धले १८.२ ओभरमा २ विकेट क्षतिमा ९६ रन बनाउँदै जित निकाल्यो। उसको जितमा रिजन पराजुले ३६ र निखिल यादवले नटआउट ३२ रन बनाए। बलिङमा बुटवलका अब्दुल नसिम र संदीप बश्यालले समान १-१ विकेट लिए। रुपेश कुर्मी म्यान अफ द म्याच भए। बिहीबार डिभिजन ‘ए’ का लुम्बिनी खुकुरी क्रिकेट क्लब र एमसीसी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad