ad ad

राजनीति


ओली समूहको स्थायी समिति बैठक बालुवाटारमा सुरु

ओली समूहको स्थायी समिति बैठक बालुवाटारमा सुरु

नेपालखबर
फागुन १२, २०७७ बुधबार ६:३,

 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक सुरु भएको नेता सत्यनारायण मण्डलले जानकारी दिए।

सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल हुने नेता मण्डलले बताए।

 ‘संसद पुनस्र्थापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनेछ,’ मण्डलले नेपालखबरसँग भने, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने छ।’ 

सर्वोच्चले संसद विघटन गर्ने निर्णय बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत उनलाई हटाउने संकेत प्रचण्ड–नेपाल समूहले गरेको छ। प्रचण्ड–नेपाल पक्षले गत पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .