सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन परमादेश जारी गरेको छ।
मंगलबार साँझ संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन सरकार, सभामुख र राष्ट्रपतिका नाममा परमादेश जारी गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाव १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

प्रतिक्रिया