नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले हाल भारतमा उपचाररत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य लाभको कामना गरेका छन्।
आजै बिहान नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईको उनले सुस्वास्थ्य र शीघ्र सुधारको कामना गरेका हुन्।
‘पूर्वप्रधानमन्त्री बाबुरामज्यू ! म तपाईंको सुस्वास्थ्य एवं शीघ्र सुधारको कामना गर्छु,’ सामाजिक सञ्जालमा नेता रिजालले भनेका छन्, ‘हाम्रो देशको एउटा उत्कृष्ट दिमाग !’

याे पनि : डा. भट्टराई अस्पताल भर्ना

प्रतिक्रिया