आज सेयरबजार राताम्य भएको छ। बजार परिसूचक नेप्से २१.१६ अंकले र सेन्सिटिभ २.४१ अंकले ओरालो लागेको हो।
आजको कारोबारमा २०५ कम्पनी सामेल भए। यसअनुसार १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
दिनभरिमा ८३ हजार ३ सय ५७ पटकको खरिदबिक्रीपछि ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको हो।
१२ समूहमध्ये आज व्यापार समूहको मात्रै सूचक हरियो भएको छ। बाँकी ११ समूहको कारोबार सूचक रातो भएको नेप्सेले जनाएको छ।
आज सर्वाधिक कारोबार गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ७३ करोडको सेयर किनबेच भएको छ भने दोस्रो स्थानमा रहेको माथिल्लो तामाकोशीको ४३ करोडको कारोबार भएको छ।
यस्तै नबिल बैंकको ३७ करोडको, एनआईसी एसिया बैंकको ३२ करोडको, ग्लोबल आईएमई बैंकको २९ करोडको सेयर कारोबार भएको छ।
आज केही जलविद्युत् कम्पनीका लगानीकर्ताले कमाएका छन्। तर सर्वाधिक कमाउनेमा भने नेपाल फाइनान्सका लगानीकर्ता छन्। फाइनान्सको सेयर ९.९३ प्रतिशतले बढ्दा लगानीकर्ताको हातमा प्रतिकित्ता २९ रुपैयाँ प¥यो।
आज अपि पावर कम्पनीका लगानीकर्ताले पनि ९.७६ प्रतिशत आम्दानी गरेका छन्। यसबाहेक लिबर्टी इनर्जीका लगानीकर्ताले ९.६५ प्रतिशत, हिमालयन पावर पार्टनरका लगानीकर्ताले पनि ९.५९ प्रतिशत आम्दानी गरेका छन्।
गुमाउनेमा भने आज नेपाल इन्फ्रास्ट्रक्चरका लगानीकर्ता अगाडि छन्। उनीहरुले १० प्रतिशत गुमाएका छन्।
यसबाहेक आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.६७ प्रतिशत, युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले ५.२८ प्रतिशत, एनएमबी५० का लगानीकर्ताले ५.१८ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.६१ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया