प्रधानमन्त्री केपी शर्मा ओलीको आज (फागुन ११) गते जन्मोत्सव परेको छ।
उनी आजबाट ७० वर्षमा प्रवेश गरेका हुन्।
प्रधानमन्त्री ओलीको जन्म वि.सं. २००८ फागुन ११ गते तेह्रथुमको इवा गाउँमा भएको हो। उनी मोहनप्रसाद ओली र मधु ओलीका छोरा हुन्।
उनलाई अहिले जन्मदिनको शुभकामना दिने क्रम चलिरहेको छ।
यसै क्रममा उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीसँगको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आइरन स्ट्यान्ड, दृढ निश्चयी र स्वप्नदर्शी, नेपाली राजनीतिका धरहरा व्यक्तित्व लोकप्रिय, सबल र अटल नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई ७०औं जन्मदिनको अवसरमा हार्दिक शुभकामना !’

प्रतिक्रिया