समाज


श्रोत नखुलेको १० लाख भारुसहित भारतीय नागरिक पक्राउ

श्रोत नखुलेको १० लाख भारुसहित भारतीय नागरिक पक्राउ

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ९:२७,

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने ५४ वर्षीय मुनवर खान छन्।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले उल्लेखित भारतीय रुपैयाँसहित पक्राउ गरेको हो। एपीएफ टोलीले निज खानलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निज खानले उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको एपीएफले जनाएको छ।

पक्राउ परेका निज खानलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय कोहलपुरमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad