स्वास्थ्य जाँचका लागि नयाँ दिल्ली पुगेका जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई त्यहाँको अस्पतालले थप परीक्षणका लागि भोलि मंगलबार भर्ना गर्ने भएको छ।
भट्टराईसँगै दिल्ली पुगेका जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भई उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ।
उनका अनुसार भट्टराईले आज अपरान्ह सो अस्पतालमा गरिएको प्रारम्भिक परीक्षण तथा परामर्शपछि भर्ना गरेर थप उपचार गर्ने निर्णय गरिएको हो।
भट्टराईकी पत्नी तथा जसपा नेतृ हिसिला यमी र पाण्डेलगायत उनको साथमै रहेका छन्।

यो पनि:
ट्युमर आशंकाले भारत गएका बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण आज

प्रतिक्रिया