राजनीति


प्रधानमन्त्रीले अब नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्छ : संयोजक पाण्डे

प्रधानमन्त्रीले अब नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्छ : संयोजक पाण्डे

नेपालखबर
फागुन १०, २०७७ सोमबार ६:१९,

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले चिढाउन नहुने पुस्तालाई चिढ्याएको आरोप लगाएका छन्।

विभिन्न जिल्लाका काठमाडौँमा पढ्दै गरेका युवाहरूसँगको छलफलमा बोल्दै नेता पाण्डेले २१औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र अहिलेका पुस्ताका नेतृत्वले झुक्याएको बताएका हुन्।

‘देशमा २४ वर्षमुनि आधा जनसङ्ख्या छ। कपुरी क लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका यो २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ। त्यसैले अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ’, पाण्डेले भने।

पाण्डेले देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै रहेको बताए।

प्रतिनिधि सभा विगठनको असंवैधानिक कदमपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको मात्र नभएर युवाहरूमा गम्भीर नैराश्यता पनि उब्जिएको उनको धारणा थियो। कामचलाउ सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेर बदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको पाण्डेले बताए।

शान्ति, समृद्धि र विकासका सपना पुरा हुनका लागि लोकतान्त्रिक पद्धति स्थिर र बलियो हुन जरुरी भएकाले अहिले सम्पूर्ण युवा शक्ति प्रतिनिधि सभा विघटनविरुद्ध एक भएर उभिनुपर्नेमा पाण्डेको जोड थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad