कोका–कोलाको लोकप्रिय लेमन(लाइम पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ नामको नयाँ अभियान सुरू गरेको छ।
अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरू घरमा स्क्रिनमा बिताउने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहनको लागि प्रेरित गर्ने रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो विचार हामी हाम्रो स्मार्टफोनको साथ आराम गर्न कोशिस गर्दै त्यस दौरान आउने झन्झटहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तरिकामा केन्द्रित छ। त्यहाँ धेरै दिक्क लगाइदिने कारणहरू हुनसक्छन्।
नोटिफिकेसन पपअप्सको साथ मोबाइल गुन्जने साथीहरू र परिवारको म्यासेजहरूले, इमेलहरू, मोबाइल अपडेटहरू वा विभिन्न सामाजिक एपहरूबाट अनियमित सूचनाहरू हुन सक्छन्।
यो अभियानले कसरी हामी हाम्रो घरको स्क्रिन टाइममा अवरोधहरुबाट दिकदार नभइ स्प्राईटको चिसो, क्रिस्प र लेमन(लाइम स्वादले अधिकतम रिफ्रेशमेन्ट लिन र तनाव मुक्त हुन सक्छौं भन्ने कुरालाई देखाएको छ।
उक्त अभियानको बारेमा कोका–कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘नयाँ स्प्राइट अभियानले हामी स्क्रिनमा बिताउने समयमा हाम्रा वरिपरि आउने अनावश्यक अवरोधहरुका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ। हामी हाम्रो उपभोक्ताहरुलाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले तपाइँको रोजाइअनुसार स्क्रिनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहँछौँ।’
यो विज्ञापन थुप्रै नोटिफिकेसनहरुसहित मोबाइल बजिरहेको अवस्थामा सुरू हुन्छ। यो विज्ञापनले हाम्रो मोबाइल टाइममा दुईवटा कुरा – कि रिफ्रेश या तनाव हुनसक्छ भन्ने बताएको छ।
त्यसपछि अभिनेताले सर्दै चिसो स्प्राइटको बोतल फ्रिजबाट निकालेर पप गरी बिर्को खोल्दै आइश क्युब र लाइम भएको गिलासमा खनाउँछ। हामी यो दुईवटा कुरा (तनाव वा रिफ्रेस) मा नअड्कौं र एउटै कुरामा अडिक रहौं त्यो हो स्प्राइटमार्फत रिफ्रेशमेन्ट।
यो विज्ञापन ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ भन्ने ट्यागलाइनसँगै अन्त्य हुन्छ र उपभोक्ताहरूलाई अधिकतममा रिफ्रेस रहन र घरमै स्क्रिनको समयमा आराम गर्न प्रोत्साहित गर्दछ।

प्रतिक्रिया