आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सेटिङ’ भत्किसकेको र अदालतले केही दिनभित्रै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने दाबी गरेका छन्।
संसद् विघटन मुद्दामा सर्वाेच्च अदालतले यही हप्ताभित्र फैसला गर्ने चर्चा चलिरहेका बेला आइतबार प्रवासी नेपालीसँग भर्चुअल संवाद् गर्दै अध्यक्ष प्रचण्डले संसद् पुनर्स्थापना हुने दाबी गरेका हुन्।
याे पनि : संसद् विघटन मुद्दा: यही साता आउन सक्छ फैसला
उनले भनेका छन्, ‘केपी ओलीको तथाकथित ‘सेटिङ’ भत्किसकेको छ, केही दिनमै अदालतले संसद् पुनर्स्थापना गर्छ। अहिले माहोल सकारात्मक बनेको छ।’
यस्तै उनले निर्वाचन आयोगले पनि आफ्नै समूहलाई नेकपाको वैधानिकता दिने दाबी पनि गरे।
यही कारण पछिल्लो समय प्रधानमन्त्री ओली विक्षिप्त भएर बर्बराएको उनको दाबी छ।
उनले भने, ‘केपीजीले विक्षिप्त भएर अदालतविरुद्ध आन्दोलन गर्छु भन्नुभयो, उपराष्ट्रपति, सभामुखलाई अपमान गर्ने काम गर्नुभयो। परिपक्व प्रदेश प्रमुखलाई बर्खास्त गर्नुभयो। यसले पनि उहाँ छट्पटिँदै जानुभएको देखिन्छ।’
याे पनि : कांग्रेससहित ४ पार्टीका नेता भन्छन् : प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याए

प्रतिक्रिया