ad ad

राजनीति


प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार राष्ट्रपतिद्वारा बर्खास्त

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार राष्ट्रपतिद्वारा बर्खास्त

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ९:३२,

प्रदेश २ का प्रमुख (गभर्नर) तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्।

शुक्रबार राष्ट्रपति  भण्डारीले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन्। 

२०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका परिवारलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधार १ को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .