राजनीति


‘बीपी राजमार्ग, तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्ग आदिमा जापानी सहयोग नेपालीले सम्झिरहने छन्’

‘बीपी राजमार्ग, तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्ग आदिमा जापानी सहयोग नेपालीले सम्झिरहने छन्’

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ९:२१,

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेटघाट गरेका छन्।

अध्यक्ष तिमिल्सिनाको सचिवालयका अनुसार राजदूत मासामिचीले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्ष पुगी भेट गरेका हुन्।

आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनुअघि बिदाइ भेटका लागि उनी सिंहदरबार पुगेका हुन्।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताएका थिए।

‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु,’ तिमिल्सिनाले राजदूतसँग भनेका थिए।

Japan Rajdoot NationalAssembly chair 1

जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले जापानको सहयोगमा निर्माणसम्पन्न बीपी राजमार्ग, निर्माणाधीन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलगायतका योजना नेपाली जनताले सम्झिरहने बताएका छन्।

‘पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको सहायता महत्वपूर्ण रहिआएको छ,’ उनले भने।

त्यसैगरी उनले नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापानबाट नेपाल आउने पर्यटक, स्वयम्सेवकमार्फत् दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने धारणा राखेका थिए।

तिमिल्सिनाले नेपालको संघीय संसद र जापानको संसदबीच पनि सुमधुर सम्बन्ध रहेको बताउँदै समय समयमा हुने भ्रमण आदान–प्रदानले सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुगेको बताएका थिए।

‘अहिलेको महामारी साम्य भई आवतजावत सहज भएपछि जापानको हाउस अफ् काउन्सिलरका प्रेसिडेन्टलाई नेपाल भ्रमणको निम्ता दिन चाहन्छु,’ तिमिल्सिनाले राजदूत मासामिचीसँग भनेका थिए।

Japan Rajdoot NationalAssembly chair

भेटमा राजदूत मासामिचीले नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताएका थिए।

उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले जापान भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको पनि बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad