राजनीति


अदालतको फैसला नआएसम्म निर्वाचन प्रक्रिया रोकिँदैन : नेम्वाङ

अदालतको फैसला नआएसम्म निर्वाचन प्रक्रिया रोकिँदैन : नेम्वाङ

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ८:३,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नू भन्ने भएको दावी गरेका छन्।

 बिहीबार इलामको सदरमुकाम इलामबजारमा आयोजित भेटघाट कार्यक्रममा नेता नेम्वाङले चुनावी कार्यक्रममा जुट्न आग्रह गरे। उनले अदालतको अन्तिम फैसला नआएसम्म निर्वाचनको प्रक्रिया नरोकिने बताए।

‘सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो’, उनले भने, ‘त्यसैले चुनावी प्रक्रिया रोकिँदैन, सबै चुनावको तयारीमा जुट्नुपर्छ।’

उनले निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह समेत गरे।

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार हुने भन्दै प्रधानमन्त्री ओलीले गरेको संसद विघटन संविधानसम्मत् नै भएको दावी गरे।

‘संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हुन्छ, त्यही अधिकारमा टेकेर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad