राजनीति


‘तीन वर्षमा सरकारका तीन उपहार : दम्भ, द्वन्द्व र भ्रष्टाचार’

‘तीन वर्षमा सरकारका तीन उपहार : दम्भ, द्वन्द्व र भ्रष्टाचार’

नेपालखबर
फागुन ३, २०७७ सोमबार ११:८,

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ।

वर्तमान सरकारले तीन वर्ष पुरा गरेको सन्दर्भमा नेपाली कांग्रेसले सरकारले सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकुल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको नेपाली कांग्रेसको मूल्यांकन रहेको बताए।

कांग्रेसले सरकार बलियो भनिएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्यांकन गरेको प्रवक्ता शर्माले बताए।

सरकारले ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार जनतालाई दिएको प्रवक्ता शर्माको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad