वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताएका छन्।
सोमबार संवैधानिक इजलासमा जवाफी बहस गरेका थापाले प्रधानमन्त्रीले संसदलाई नोकर सम्झिएको जिकिर गरेका हुन्।
उनले संसद् विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलई नभएको दोहो¥याए।
थापाले भने, ‘प्रधानमन्त्री दिन सकेन भने संसद् आफैं विघटन हुन्छ। कुनै पनि धाराअनुसार बन्ने प्रधानमन्त्रीलाई विघटनको अधिकार छैन।’
कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भए पनि नेपालको संविधानमा दुवैलाई विशेषाधिकार नभएको बताए।
यस्तै अहिलेको संविधानमा प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो श्री ३ र श्री ५ पनि नभएको थापाले बताए।
पछिल्लो समय प्रधानमन्त्रीको बोली फेरिएको बताउँदै थापाले बुटवल पुगेपछि प्रधानमन्त्रीले संसद पुनर्स्थापना भयो भने देश अस्थिरतामा जाने बताएको उदाहरण दिए।
तर न्यायाधीशले बाटामा भएका र सभामा भएका कुरा नसुन्ने बताएका थिए।
रिट निवेदक पक्षका वकिलको जवाफी बहस सोमबार सकिनेछ। आज वरिष्ठ अधिवक्ताहरु मेघराज पोख्रेल, रमन श्रेष्ठ, मुक्ति प्रधानले बहस गरेका छन्।

प्रतिक्रिया