रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी नेकपा ओली समूहतिर लागेका छन्।
नेकपा विभाजनपछि प्रचण्ड-नेपाल समूहमा सक्रिय घिमिरे र चौधरीले सो समूह परित्याग गरी ओलीतिर खुलेका हुन्।
नेकपा नेता घनश्याम भुसालका निकट मानिने घिमिरे र चौधरीसँगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको एक सदस्यले बताए ।
तिलोत्तमा नेता भुसालको गृहनगरसमेत हो।
नेकपाका महासचिव बिष्णु पौडेलले आइतबार फेसबुकमा आफूसँगै बसेका घिमिरे र चौधरीको फोटो पोष्ट गरी उनीहरु ओली समूहतिर रहेको पुष्टि गरेका छन्।
प्रतिक्रिया