राजनीति


निर्वाचन आचारसंहिताबारे छलफल गर्न नेकपाका दुवै पक्षसहित सबै दललाई निमन्त्रणा

निर्वाचन आचारसंहिताबारे छलफल गर्न नेकपाका दुवै पक्षसहित सबै दललाई निमन्त्रणा

नेपालखबर
फागुन २, २०७७ आइतबार ४:१९,

सरकारले वैशाख १७ र २७ का लागि घोषणा गरेको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न आज (आइतबार) नेकपाका दुवै पक्षसहित सबै दलका प्रतिनिधिलाई बोलाएको छ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले यसबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो।

छलफलका लागि दलका प्रतिनिधिलाई बिहान ११ बजे आउन भनिएको आयोगले जनाएको छ।

एक आयुक्तका अनुसार निर्वाचन आचारसंहिताको मस्यौदामा सल्लाह/सुझाव लिन नेकपा दुवै पक्षका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सबै दलका अध्यक्ष/सभापतिलाई बोलाइएको हो।

यसपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ।

प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भन्दै नेकपाकै प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी चरणबद्ध आन्दोलनमा रहेका बेला निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाएको हो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते चुनाव गराउने घोषणा गरेकी हुन्। त्यसयता ओली समूहबाहेक देशका लगभग सबै दल, नागरिक समाज, कलाकार, लेखक आन्दोलित छन् भने प्रतिनिधि सभा विघटनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad